विप्लव समूहका झापा इञ्चार्जसहित २ पक्राउ
मकालु खबर
२०७६ वैशाख १० गते
बैशाख १०, सुरुङ्गा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका झापा जिल्ला इञ्चार्ज र सदस्य पक्राउ परेका छन् ।
बिर्तामोड नगरपालिका–१ को आँखा अस्पताल नजिकैबाट सोमबार साँझ झापा इञ्चार्ज गौगात कटुवाल र सदस्य अर्जुन चौहान पक्राउ परेका हुन् ।
null
पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै सरकारले विप्लवका नेता कार्यकर्तालाई नियन्त्रणमा लिने क्रम जारी राखेको छ । सरकारले ध्वंसात्मक तथा संविधान विरोधी गतिविधि गरेको आरोप लगाउँदै विप्लव समूलाई नियन्त्रणमा लिएको हो ।
मकालु खबर
२०७६ वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित