हेराहेर (लघुकथा)
स्वास्थ्य केन्द्रको प्रतिक्षालयमा जातीय विषयमा बसि बियाँलो चलाईरहेका थियौ । दलित, जनजाती र बाहुन क्षत्रिका महिलाको अबस्थामा आएर बहस कन्द्रित भएको थियो । एकजना हिमाली क्षेत्रबाट आएका इष्ट पनि थिए । उनले भने- हाम्रा महिला सुत्केरी हुदा सबै दिदीबहिनी दाजुभाइ इष्ट कुटुम्वहरुले धेरै सहयोग गर्दछन् । सुत्केरी महिलालाई तातोतातो रक्सिमा राखि घाउ सन्चो बनाउने काम हुन्छ । मासुको व्यवस्था पहिलेदेखि नै गरिएको हुन्छ ।
लेखक: शिव प्रसाद पाण्डे
null
त्यति नै खेर जेठाजु र लोग्नेले डोलामा बोकेर सुत्केरी गराउन एकजना ल्याए । तिनीहरूको साथमा अरु छ जना पनि थिए । हाम्रो जातमा पनि कसरी सहयोग हुन्छ भनि एकजना फुर्किए । एकजना सुत्केरी गराउन ल्याएको बुहारीलाई हिजोदेखि भित्र सासुले मात्र कुरिरहेकि रहिछिन् । प्रतित्क्षालय संगैको गेटबाट एकजना बुढा र एकजना युवक भित्र पसे । युवकलाई रक्सि लागेकाले हिडदा खेरि केही लरखराई रहेका थिए । उनले साथमा आएको वृद्धलाई हामीहरूले पनि सुनोस् भनि चर्को चर्को स्वरले भनिरहेका थिए -ससुरा बा त्यता नजानुहोस् । हजुरको छोरीलाई देख्न हुदैन ।
मैले पनि भेटन हुदैन । तर आज बाको एकछाके हो । त्यसैले सुत्केरी हुने जस्ति छ कि छैन बाहिरबाट आमालाई सोध्नु प-यो । मैले सुत्केरी स्याहार विदा त सात दिन पछि मात्र लिनु पर्ला जस्तो छ । यहि वेला पिकनिक र भोजको माचो छ । छोरी हुन्छ भनेको छ । घरैको बुढी बाख्री राखेको छु ।
अस्ति दुई हजारमा किन्न आएका थिए, दिइन । न्वारन पछि काट्नु पर्ला । सुत्केरी उम्काउन र घरका अरुले पनि झोल खान होला । छोरीको पालामा बोका खसि खान हुदैन भन्दछन् । यस युवकका कुरा सुने पछि एकजना छलफलमा सहभागीले मुसुक्क हास्दै गादोले मुख पुछदै भने- तस्बिर आफै बोल्दछ । अनि हामी एक अर्कोको मुखमा हेराहेर ग-यौं ।