इरानमा १८ वर्ष मुनिका दुई किशोरलाई गाेप्य फाँसी

बैशाख १७ ।  इरानले १८ वर्ष मुनिका दुई किशोरलाई बलात्कारको आरोपमा गोप्य रुपमा फाँसी दिएको एम्नेस्टी इन्टरनेशनलले बताएको छ । एम्नेस्टीले अन्तरराष्ट्रिय कानून र बालबालिकाको अधिकार भंग गरेको भन्दै यसको चर्को विरोध गरेको छ । 

 

मेहदी सोहराबिफार र एमिन सेदाघत कजन हुन् । उनीहरुलाई १५ वर्षको उमेरमा सन् २०१७ मा पक्राउ गरिएको थियो । उनीहरुलाई गत बिहिबार सिराजको दक्षिणी सहरमा फाँसी दिएको बेलायती संगठनले बताएको छ । 

null

यी किशोरको शरीरमा कोर्रा हानेको डाम समेत देखिएको छ जसले उनीहरुलाई मृत्युदण्ड दिनुअघि निर्घात कुटिएको पुष्टि हुने एम्नेस्टीले बताएको छ । 

एम्नेस्टीका मध्यपूर्व र दक्षिण अफ्रिकाका निर्देशक फिलिप लुथरले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘यस्तो लाग्छ कि यी दुई किशोरलाई दुई वर्षसम्म मृत्यु दण्ड दिइने बारे जानकारी बिनै जेलमा राखियो । जीवनको अन्त्य तिर उनीहरुलाई कोर्रा हानिएको थियो र उनीहरुलाई गोप्य रुपमा फाँसी दिइएको थियो,’ उनले भने ।  

सन् २०१७ देखि यी दुईलाई किशोर सुधार केन्द्रमा राखिएको थियो । मृत्युदण्ड दिनु एकदिन अघि सिराज स्थित अदेलाबाद जेलमा सारिएको थियो । बुधबार यी दुईका परिवारलाई छोराहरु भेट्न अनुमती दिइएको थियो तर आफन्तलाई मृत्युदण्डबारे जानकारी नदिएको एम्नेस्टीले बताएको छ । 

संसारको धेरै मृत्युदण्ड दिने देशको सूचीको इरान दोस्रो स्थानमा आउँछ । चीन पहिलो नम्बरमा छ । यहाँ वर्षैपिच्छे हज्जारौंलाई मृत्युदण्ड दिइन्छ । एम्नेस्टीका अनुसार बच्चालाई मृत्युदण्ड दिने देशको सूचीमा इरान अग्रस्थानमा छ । 

सन् १९९० देखि २०१८ सम्म एम्नेस्टीले जेलमा भएका ९७ किशोरलाई मृत्युदण्ड दिइएको तथ्यांक निकालेको छ । एम्नेस्टीको वार्षिक रिपोर्ट अनुसार इरानमा गत वर्ष दुई सय ५३ लाई मृत्युदण्ड दिइएको थियो जसमध्ये सातजना १८ वर्ष मुनिका थिए । यसका साथै ९० किशोर मृत्युदण्ड दिइने प्रक्रियामा भएको एम्नेस्टीले बताएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *