ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु अन्य घाईते

२०७६ वैशाख १२ गते

बैशाख ११, राप्तरी । सप्तरीको सितापुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक सहित चार जना घाइते भएका छन् ।
फलामको रड लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नम्बर नभएकाे अनटेस्ट लेखिएको ट्याक्टर अग्निसाई कृष्णशवरण गााउँपालिका ४ मा अवस्थित सितापुरमा दुर्घटनामा भएको हो ।
null
इलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिए अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका ३ बस्ने ४० वर्षीय शिवकुमार मण्डल रहेका छन् ।
दुर्घटना भएको ट्याक्टर सडकको छेउमा पल्टेको अवस्थामा भेटिएको र दुर्घटना के कारणले भएको भन्ने खुल्न नसकेको प्रहरीले जानकारी दिएका छन् ।
उक्त दुर्घटनामा परी घाईते हुनेहरुको अग्निसाई कृष्णशवरण गााउँपालिका ४ स्थित मोहली बजारमा अवस्थित अहिर अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

२०७६ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित