‘रक्सी थोरैमात्र पिउनु फाइदाजनक’ भन्नु भ्रम

बीबीसी । दैनिक एक गिलास वाइन स्वास्थ्यका लागि लाभदायक हुन्छ भन्ने विश्वास गर्नेहरुका लागि एउटा नराम्रो खबर सार्वजनिक भएको छ । हालै ग्लोबल अनुसन्धानले सार्वजनिक गरेको रिपोर्टले कुनैपनि किसिमको मदिरा स्वास्थ्यका लागि लाभदायी हुन नसक्ने पुष्टि गरेको हो । 

ठिक्क मात्रामा मदिरा पिउँदा मुटु सम्बन्धि रोगको जोखिम घटाएपनि त्यसले क्यान्सर लगायत अन्य रोगको जोखिम बढाउने हुँदा यसको सबै सकारात्मक पक्षलाई अर्थहीन तुल्याएको अनुसन्धानकर्ताहरुले बताएका हुन् । यो अनुसन्धान विविध पक्षलाई आधार मानेर गरिएकाले यो अहिलेसम्मकै महत्वपूर्ण खोज भएको अध्ययनकर्ताको भनाइ छ । 

‘ग्लोबल बर्डन अफ डिजिज’ ले गरेको यस अनुसन्धानमा फरक फरक लेभलका मदिराको प्रयोग र त्यसले स्वास्थ्यमा पार्ने असरबारे १९५ वटा मुलुकमा सन् १९९० देखि २०१६ सम्म निरीक्षण गरिएको थियो । 

null

अध्ययनमा १५ देखि ९५ वर्ष उमेर समूहका दैनिक एक गिलास मदिरा पिउने र कहिल्यै मदिरा नपिउने मानिसबीच तुलना गरिएको थियो । यसमा मदिरा नपिउने एक लाख मानिसहरु मध्ये ९१४ जनामा मदिराबाट लाग्ने क्यान्सर लगायत अन्य रोग देखा परेका थिए । त्यसबाहेक एक दिनमा दुई गिलास मदिरा पिउने थप ६३ जनामा एक वर्ष भित्रमै स्वास्थ्य सम्बन्धी समस्या देखा पर्ने बताइएको छ । 

त्यसैगरी दैनिक पाँच ग्लास खाएमा भने ९७७ मा अझ थप ३३८ जना मानिसहरुमा स्वास्थ्य सम्बन्धी समस्या देखा पर्ने अध्ययनले देखाएको हो । वासिङटनस्थित प्रमुख अध्ययनकर्ता डाक्टर म्याक्स ग्रिसवल्ड भन्छन्, “यसअघिका अध्ययनले थोरै मात्रामा र विशेष अवस्थामा मदिरा पान गर्नु कुनै हिसाबले फाइदाकारक साबित हुने देखाएपनि यस अनुसन्धानमा भने जुनसुकै मात्रामा मदिरा पान गरेपनि त्यो स्वास्थ्यका निम्ति जोखिमयुक्त नै हुने प्रमाणित भएको हो ।” 

अर्का एक अध्ययनकर्ता प्रोफेसर सक्सेनाले पनि यो अनुसन्धान मदिराको विषयमा गरिएको सबैभन्दा महत्वपूर्ण खोज भएको बताएका हुन् । एक गिलास मदिरामा १० ग्राम बराबरको अल्कोहल हुने गर्दछ । अहिले विश्वभरमा तीन मध्ये एक जनाले मदिरा पिउने गर्दछन् जुन हाल १५ देखि ४९ वर्ष उमेर समूह बीचका मानिसहरुको मृत्युको प्रमुख कारण बनिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *