सगरमाथाको चुचुरोमा रिपोर्टर्स क्लब नेपालको झण्डा फहराउने

 

बैशाख ४, काठमाडौं । कवि तथा साहित्यकार, प्रथम मेचि–महाकाली साहित्यिक धावक लक्ष्मण सापकोटा ‘विकल्प’ ले प्रथम साहित्यिक सगरमाथा आरोहणको क्रममा रिपोर्टर्स क्लब नेपालको झण्डा सगरमाथाको चुचुरोमा फहराउने भएका छन् । 

मंगलबार साँझ रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरेर क्लबका सभापति ऋषि धमलाले सापकोटालाई क्लबको लोगो अंकित झण्डा हस्तान्तरण गरेका छन् । सापकोटाले अगामी जेठको पहिलो साताभित्र सगरमाथा आरोहण गरिसक्ने विश्वास दिलाएका छन् । उनको टिम अहिले सगरमाथाको आधार शिविर पुगिसेकको छ ।  

null

क्लबको झण्डा हस्तान्तरण गर्दै सभापति धमलाले सफल सगरमाथा आरोहणको लागि शुभकामना दिए । उनले भने,‘सापकोटाजी सबै साहित्यकारहरुको प्रतिनिधित्व गरेर किर्तीमानी आरोहणमा निस्किँदै हुनुहुन्छ, यो हामी सबैको लागि खुशी र गौरवको विषय हो । त्यसमा पनि देशका सबै पत्रकारहरुको प्रतिनिधित्व गरेर क्लबको झण्डा बोकेर आरोहणमा निस्किन लाग्नुभएको छ, हामी सबै हर्षित छौं । म २० हजारको पत्रकारको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’ 

क्लबको झण्डा ग्रहण गर्दै आरोहणमा निस्किन लागेका साहित्कार सापकोटाले खुशी व्यक्त गरे । उनले आफू सगरमाथाको सफल आरोण गर्नेमा पूर्ण विश्वस्त रहेको पनि स्पष्ट पारे । क्लब र यसका सभापति धमलाले आफ्नो सर्वाधिक महत्वपूर्ण अभियानमा साथ र सहयोग गरेकोमा आफू निकै खुशी रहेको बताउँदै आभारी व्यक्त गरे । सापकोटाले भने,‘क्लबको सहयोग र साथले मलाई थप उर्जा प्रदान गरेको छ। क्लबको लोगो अंकित झण्डा बोकेर म चुचुरोमा फरफराउनेछु ।’ 

सर्वोच्च शिखर सगरमाथा आरोहणमा ५ वटासम्म विश्व कीर्तिमान बनाई पहिलो नेपाली साहित्यकारको रुपमा विश्वको ध्यानाकर्षण गराउने लक्ष्य रहेको सापकोटाको भनाई छ । साहित्यकार तथा धावक ‘विकल्प’ले आफु साहित्यिक ब्यानर बोकेर सगरमाथा चढ्ने पहिलो साहित्यकार बन्न गैरहेको दाबी गरे । सम्पुर्ण नेपाली साहित्यकारहरुको प्रतिनिधित्व गर्दै सर्वोच्च शिखरमा उभिएर कविता वाचन गर्ने विश्वको पहिलो कवि बनी विश्व कीर्तिमान बनाउनेपनि उनले विश्वास दिलाए । सर्वोच्च शिखर सगरमाथामा नेपाली सामाजिक उपन्यास ‘झट्केली’ को लोकार्पण गर्दे नेपाल प्रज्ञा–प्रतिष्ठानको लोगो, गौतम बुद्धको मुर्ती, पशुपतिनाथ मन्दिरको आकृति, गीता र त्रिपिटकलाई पनि शिखरमा पुर्याउने सापकोटाले सुनाए । 

मेची–महाकालीको माटो तथा पानी, कौडिन्य ऋषिको मुर्ति, राष्ट्रकवि र शताब्दि पुरुष सत्यमोहन जोशीद्धारा हस्ताक्षर गरेको रामायण तथा बिभिन्न ३० जति श्रष्टाहरुको फोटोपनि सगरमाथामा प्रर्दशन गर्ने आफ्नो योजना रहेको समेत उनले सुनाएका छन् । 

उनले भने,‘समुन्द्र भएका देशहरु पानी र समुन्द्रको बारेमा साहित्य सृजना गर्छन, मरुभुमि भएका देशहरु बालुवा र मरभुमिको बारेमा साहित्य कोर्छन भने हामीले हिमालको बारेमा साहित्य किन नकोर्ने ?’ आफुद्धारा लिखित पुस्तक ‘इम्जात्से हिमशिखर चुम्दा’ र महाकवि देवकोटाको मुना–मदन पनि सँगै चुचुरोमा लैजाने उनले बताएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *