काभ्रेमा एयरपोर्ट बन्छः मन्त्री बाँस्कोटा

 

बैशाख १५, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोकमा विमानस्थल बन्ने बताएका छन् । 

काभ्रेपलाञ्चोक उद्योग वाणिज्य संघले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । 

null

‘काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउने बारेमा सरकार पछि हटेको छैन । आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइन्छ’, कार्यक्रममा मन्त्री बाँस्कोटाले भने । 

काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल निर्माणबारे एक चिनियाँ कम्पनीले चासो दिइरहेको जानकारी दिँदै उनले भने, ‘डोमेस्टिक एयरपोर्ट बनाउने विषयमा चिनियाँ लगानीकर्तासँग कुरा भइरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा होल्डिङको अवस्था कम गर्न एयर डाइभर्टेसन र होल्डिङका लागि लागि हामीले कस्तो खालको एयरपोर्ट बनाउने भन्नेबारे आन्तरिक छलफल गरिरहेका छौँ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *