चिकित्सक तथा कर्मचारीमाथी दुर्व्यवहार गर्ने ४ पक्राउ

 

चैत्र २४, बिराटनगर । मादक पदाथ सेवन गरी बिराटनगर कोशी अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीलाई हातपात गर्न खोज्ने चार जनालाई पक्राउ गरिएको छ । 

पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिकाका विनोद राय, उमेश राय, जागवत सहनी र प्रमोद राय रहेका छन् । उनीहरुमा विरुद्ध ‘अभद्र व्यवहार’ अन्तर्गतको मुद्दा दर्ता गरिने भएको छ । 

null

शनिबार बेलुका भएको सो घटनामा हातमा चोट लागेका कारण अस्पतालमा पुगेका विनोदको उपचारको क्रममा चारै जना आकस्मिक कक्षमा पुगेका थिए । सोही क्रममा डा. खनालको टोलीले उपचार सुरु गर्दै गर्दा उनीहरुले गालीगलौज गर्दै चिकित्सक र कर्मचारीमाथि आक्रमक शैलीमा पेश भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिएका छन् । 

दुर्व्यवहार पर्नेमा अकस्मिक कक्षमा कार्यरत चिकित्सक सुनिलबावु खनाल सहित अन्य कर्मचारी रहेका छन् । पक्राउ पर्नेहरुलाई आइतबार म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरी उपरीक्षक केसीले बताएका छन् । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *