अर्घाखाँचीको सदरमुकाममा पनि बम भेटियो

 

बैशाख ५, सन्धिखर्क । अर्घाखाँचीको सदरमुकाममा बम फेला परेको छ । 

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कस्थित चुत्राबेसीको व्यस्त सडकको बाटिकामा झुड्याइएको अवस्थामा बिहीबार बिहान बम फेला परेको हो । 

null

फेला परेको बम नेपाली सेनाले डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ । 

बम विप्लवले समूहले राखेको हुनसक्ने प्रहरीको अनुमान छ । 

विप्लव समूहले गरेको नेपाल बन्दका कारण जनजीवन प्रभावित बन्नुका साथै ठाउँ–ठाउँमा बम फेला परेको छ । गाडी तथा ट्रकहरुमा पनि आगजनी गरिएको छ । 

विप्लव समूहले आफ्नो पार्टीमाथि लगाइएको प्रतिबन्ध र नेता–कार्यकर्ता पक्राउको विरोधमा बन्द आह्वान गरेको हो । आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाइएपछि विप्लवले प्रतिबन्ध नहटाए सरकारमाथि नै प्रतिबन्ध लगाउने चेतावनी दिँदै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *