मृतकका परिवारलाई तीन लाख राहत दिने प्रदेश सरकारको निर्णय, उच्चस्तरीय समिति गठन

 

चैत्र १८, काठमाडौं । बारा र पर्साका हावाहुरी प्रकोपबाट मृत्यु भएका पिडित परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैंया दिने निर्णय गरेको छ । सोमबार बिहान बसेको प्रदेश २ को मन्त्री परिषद्को बैठकले हावाहुरी प्रकोप प्रति गहिरो दुखः ब्यक्त गर्दै मृतकका परिवारलाई तत्काल राहत स्वरुप प्रति परिवार ३ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।  

यसका साथै मन्त्रीपरिषद्ले प्रकोप पिडित घाइतेको सम्पूर्ण उपचार खर्च समेत ब्यहोर्ने निर्णय गरेको २ नं. प्रदेशका मुख्यमन्त्री लालबहादुर राउतले बताए । मन्त्री परिषद्ले घरबाट गुमेका पिडित परिवारको यथोचित बासस्थानको ब्यवस्थापनमा समेत पहल गर्ने निर्णय गरेको छ ।  

null

यसैगरी मन्त्री परिषद् बैठकले हावाहुरीबाट क्षतीको सम्बन्धमा अध्ययन गरी तत्काल राहत तथा उद्दार उपलब्ध गराउनका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको संयोजकत्वमा ५ सदस्यीय राहत तथा उद्दार ब्यवस्थापन उच्चस्तरीय समिति गठन गरेको छ । समितिको सदस्यहरुमा प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, सामाजिक विकास मन्त्री नवल किशोर शाह, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा रहेका छन् । समितिमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिब अरुण कुमार झा लाई सदस्य सचिब राखिएको छ ।  

मन्त्री परिषद्ले विपद् ब्यवस्थापन, उद्दार, क्षतिपूर्ति, उपचार र तत्काल राहत उपलब्ध गराउन संघिय र स्थानीय सरकार, सरोकारवाला निकायलाई आग्रह गरेको छ । यसैगरी विपद् ब्यवस्थापनका लागि तत्काल औषधी, खाद्यान्न, त्रिपाल लगायतका राहतका सामग्रीहरु तथा तत्काल उपचार सेवा उपलब्ध गराउन जिल्ला दैविप्रकोप उद्दार समितिलाई क्रियाशिल बनाउने निर्णय समेत गरेको छ ।  

आइतबार साँझ एक्कासी आएको हावाहुरीले र बारा र पर्सामा २७ जनाको ज्यान गएको छ भने ५ सयभन्दा बढी घाइते भएका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *