सुनसरी धरानको सेउतीपुल नजिक कार दुर्घटनामा ३ जनाको मृत्यु, एक गम्भिर

चैत्र ३०, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित सेउती खोला पुल नजिक कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भने, एक जना गम्भिर घाईते भएका छन । 

हिजो राति दुर्घटनामा मृत्यु हुनेमा कारमा सवार इटहरी उपमहानगरपालिका–४ का २५ अनिल श्रेष्ठ, धनकुटा महालक्ष्मी नगरपालिका ४ का २७ बर्षिया जनक बुढाथोकी र इटहरी ४ कै २८ बर्षिया मदन लिम्बु रहेका छन् । 

कार चालक मोरङ सुन्दर हरैचाका गोविन्द बस्नेत गम्भीर घाइते भएका छन् । गम्भीर घाईते बस्नेतको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यलय धरानका डिएसपपी सुमन कुमार तिम्सीनाले जानकारी दिए ।  

null

 

शुक्रबार राति साढे ११ बजे धरानबाट इटहरीतर्फ आउँदै गरेको मे १ त ६६९२ नम्बरको ट्रयाक्टरको ट्रलीमा बा २० च ४०७६ नम्वरको कार ठोक्किएको प्रहरीले जनाएको छ । 

ट्रयाक्टरमा ठोक्किएको कार उछिट्टिएर इटहरीबाट धरान आउदै गरेको अर्को को १ ख ४७६१ नम्बरको बसमा ठोक्एिर दुर्घटना भएको थियो । 

कारमा सवार ३ जनामध्ये एक जनाको घटनास्थलमै र बाँकी दुई जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *