खैरहनीमा अपाङ्ग परिचयपत्र वितरण शुरु

 

बैशाख २ चितवन । चितवनको खैरहनी नगरपालिकाले नगर भित्रका अपाङ्गता भएकाहरुलाई अपाङ्ग परिचय पत्र वितरण सुरु गरेको छ । सोमवार नगरपालिकाले ११ जना अपाङ्ग भएका व्यक्तीहरुलाई परिचय पत्र वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । 

खैरहनी नगरपालिकाले उपमेयर सुनिता थपलियाको संयोजकत्वमा अपाङ्गता परिचय पत्र वितरण समिति गठन गरेको थियो । एक कार्यक्रमका बीच नगरपालिकाकी उपमेयर थपलिया,प्रमुख प्रशासकीय अधिकृत शर्माले उनीहरुलाई परिचय पत्र वितरण गरे । 

null

नगरपालिकाले ४ प्रकारको कार्ड वितरण गर्नेछ । रातो कार्ड पाउनेले मासिक २ हजार रुपैया र निलो कार्ड पाउनेले मासिक ६ सय रुपैया भत्ता पाउँदै आएका छन् । अन्य कार्ड पाउनेहरुले यातायात,स्वास्थ्य संस्था, विभिन्न संघसंस्थाले माग गरे वमोजिम रोजगारीका लागि सुविधा पाउनेछन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *