पत्रकार गिरी पक्राउको विरोधमा महासंघले भाेलि आन्दोलन गर्ने

 

बैशाख ४, काठमाडौं । ताण्डव साप्ताहिकका सम्पादक तथा पत्रकार अर्जुन गिरीलाई पक्राउ गरिएको विरोधमा नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ । 

पत्रकार गिरीले गत चैत २२ गते ‘ठग ! बदमास विपेन्द्रराज बतास’ शीर्षकमा समाचार लेखेका थिए । सोही समाचार लेखेको आरोपमा पक्राउ परेका उनलाई विद्यतुीय कारोबार ऐन अन्तर्गत मुद्दा लगाइएको विरोधमा नेपाल पत्रकार महासंघले आन्दोलन गर्ने घोषणा गरेको हो । 

null

भोलि ५ गते बिहान ९ः३० देखि १०ः३० सम्म जिल्ला शाखामार्फत जिल्लामा एक घन्टा धर्ना दिने र महासंघ केन्द्रीय समितिले गृह र सञ्चार मन्त्रालयमार्फत विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको पत्रकार महासंघले जनाएको छ । 

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले यो दफा नै खारेज गर्न पनि आग्रह गरेको छ । 

सरकारले प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम गरेको महासंघको आरोप छ । 

यस्तै पत्रकार गिरीको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय कास्कीमा पत्रकारहरुले प्रदर्शन गरेका छन् । साइबर क्राइम मुद्धामा पक्राउ गरी कारवाही गरेको भन्दै रिहाइको माग गर्दै पोखराका पत्रकारहरूले धर्ना दिएका हुन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *