गाउँ-गाउँ पस्दै कांग्रेस

 

बैशाख १४, जुम्ला । नेपाली कांग्रेस जुम्लाले बैशाख १६ गतेबाट गाउँ गाउँमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सञ्‍चालन गर्ने भएको छ । 

नेपाली कांग्रेसको जागरण अभियानका लागि जुम्ला पुगेकी केन्द्रिय प्रतिनिधि रमा कोइराला पौडेल सहित जिल्लाका नेताहरु जुम्लाका दुर्गम बस्तीहरुमा जाने भएका हुन् । 

null

पार्टीको संगठन सुधार्न तथा सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले देशव्यापी जागरण अभियान सञ्‍चालन गर्नु पुर्व नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने उद्देश्यले जुम्ला कांग्रेस गाउँ पस्‍न लागेको हो । 

वैशाख १६ गते लासी (पातारी गाउँपालिकाको डिल्ली चौर र पटमारा), १७ खलाढिक (छुमचौर, पातारासि) १८ गुठीचौर गाउँपालिका मुडुरी र कुडी), १९ गते मुनिगाउँ (मनिसाँगु) डिल्लीकोट, गडिगाउँ, चोत्र, २० गते देपालगाउँ, गज्र्याङ्ककोट (झारज्वाला) २१ गते कार्तिकस्वामी, तलिउम (उमगाड), २२ गते च.ना.न.पा १,४,५,६, २३ गते तातोपानीको हाँकु, लाम्रा, २४ गते भातृ तथा सुभेच्छुक संगठनको छलफल र २५ गते केन्दिय जनजागर अभियान उद्घाटन गर्ने कार्यक्रम भएको नेपाली कांग्रेस जुम्लाका भातृ संगठन विभाग प्रमुख लक्ष्मण शाहीले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *