लुम्बिनी इन्सुरेन्स इन्टरनेशनल गल्फ टुर्नामेन्टको उत्कृष्ठ खेलाडी विजय

बैशाख ८, काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सद्वारा आयोजित इन्टरनेशनल गल्फ टुर्नामेन्टको सुपर सिनियर खेलाडी (उत्कृष्ठ) विजय मोक्तान भएका छन् । यही बैशाख ६ र ७ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा भएको दुइदिने अन्तराष्ट्रिय गल्फ प्रतियोगिता मा उनी सुपर सिनियर खेलाडी भएका हुन् । 

 

युवा र प्रौढ गरि दुई समूहमा विभाजन गरिएको उक्त टुर्नामेन्ट २०१९ मा ९७ जना खेलाडीको सहभागिता रहेको थियो । जसमा १२ जना साना र ८५ जना सिनियर खेलाडीहरु रहेका थिए । विजयी खेलाडीहरुलाई रोयल नेपाल गल्फका अध्यक्ष प्रचण्डमान श्रेष्ठ र इन्सुरेन्सका अध्यक्ष मनोहरदास मुल र कम्पनीका सिइओ नुरप्रकाश प्रधानले अर्वाड वितरण गरेका थिए । 

null

खेलकुद मार्फत आफ्नो गुडविललाई बजारमा लैजान सकिन्छ र खेलको विकासमा सानै भएपनि सहयोग खेलाडी एवं क्लबलाई गर्न पाएकोमा आफुहरु खुशी भएको लुम्बिनी जनरल इन्सुरेन्सका अध्यक्ष मनोहरदास मुलले बताए । 

 

२०६१ सालमा स्थापित लुम्बिनी जनरल इन्सुरेन्सले फेयर एण्ड राइजिङ्ग, स्मार्ट एण्ड सर्भिस र क्वालिटी म्यानेजमेन्टमा ISO certified मान्यता प्राप्त गर्न सफल भएको छ । 

हाल ४५ शाखा मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा तथा सुबिधा उपल्ब्ध गराउदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानले बताए । यो टुर्नामेन्ट कम्पनीको दोश्रो संष्करण हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *