आजबाट चन्द्रागिरि महोत्सव शुरू

 

चैत्र २९ काठमाडाैँ ।  धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरीमा महोत्सव शुरू भएकाे छ । आज  २९ गतेबाट शुरू भएकाे उक्त महाेत्सव वैशाख ७ गते सम्म हुनेछ । हिजाे राजधानीको भृकुटी मण्डपको पर्यटन वोड्को सभा हलमा पत्रकार सम्मेलन गर्दे उक्त कुराकाे जानकारी गराइएकाे हाे ।  

चन्द्रागिरि नगरपालिकाको मुख्य आयोजना, देवदर्शन मिडिया प्रालिको आयोजना तथा उद्योग, पर्यटन, वन तथा वातावण मन्त्रालय प्रदेश– ३, जिल्ला विकास समन्वय समिति काठमाडौँको सहआयोजनामा उक्त महोत्सवमा आजबाट  सुरू भएकाे चन्द्रगिरि नगरपालिका प्रर्वक्ता हरि भक्त महर्जनले बताएका छन् । 

null

‘चन्द्रागिरिको सर्वाङ्गीण विकास र जगेर्ना गरौँ, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔँ, भन्ने मूल नाराका साथ दोस्रोपटक उक्त महोत्सव शुरू भएकाे  महोत्सव मुल आयोजक कमिटिका सह संयोजक तथा प्रचार प्रसार संयोजक रोसन दानीले बताएका छन् । 

महोत्सव चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारामा भएकाे हाे । पर्यटकिय स्थल चन्द्रागिरिलाई स्थानीय कला, संस्कृति, प्राकृतिक स्रोत र साधन, साँस्कृतिक सम्पदा, पहिचान, चन्द्रागिरिका ऐतिहासिक विषयवस्तु, उत्पादन तथा अन्य विषयलाई मूर्तरुपमा पहिचान र अझ् चिरपरिचित गराउने उद्देश्यले महोत्सव आयोजना  गरिएकाे संयोजक राम नारायण घिमिरेले जानकारी दिए। 

नौ दिनसम्म चल्ने उक्त महोत्सवमा स्थानीय कृषि उपज, घरेलु तथा हस्तकला, साना उद्योग, अटो इन्जिन, अटो मोबाइल, स्थानीय कला संस्कृति, स्थानीय काष्ठकला, स्थानीय खानाका परिकार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, स्वरोजगार फाराम सङ्कलनगायतका १०० बढी कक्ष रहने महोत्सवका सह संयोजक श्रिहरि थापाले बताएका छन् । 

महोत्सवमा चन्द्रागिरिको पृष्ठभूमि झल्किने होर्डिङबोर्ड, फोटो प्रदर्शनी तथा विभिन्न साँस्कृतिक कार्यक्रम समेत देखाइनेछ। पछिल्लो समय दहचोक, कालुपाण्डे समाधी स्थल, मातातीर्थ, थानकोट, मच्छेनारायण जस्ता पर्यटकीय तथा धार्मिक स्थल रहेको पर्यटकीय स्थललाई प्रदेश सरकारले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लगेको छ। 

महोत्सवमा स्थानीय स्तरका झाँकी प्रदर्शन समेत गरिने महोत्सवका व्यवस्थापक देवेन्द्र प्रदानले जानकारी दिए । उनले महोत्सव अवधीभर ३ करोडको कारोवार हुने जनाकारी गराए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *