बसबाट खसेर १० वर्षीय बालकको मृत्यु

 

बैशाख ४, इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रमा बसबाट खसेर एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय युसुफ मियाँका १० वर्षीय छोरा नुर सलाम रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए । 

null

सिरहाबाट विराटनगरतर्फ जाँदै गरेको ना६ख ५९६६ नंको यात्रुबाहक बसमा भण्टाबारीमा झर्ने क्रममा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालक सप्तरीको भारदहबाट पानी बेचेर भण्टाबारीतर्फ आउँदै गरेकामा भण्टाबारीमा झर्ने क्रममा बसबाट खसेका हुन् । 

सो बस र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ । मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *