सत्य निरुपण आयोगले सरकारलाई बुझायो प्रतिवेदन
बैशाख ११, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगले बुधबार तयार पारेको द्वन्द्वकालीन न्याय निरुपणको प्रतिवेदन सरकारलाई बुझाएको छ ।
हाल पदाधिकारी विहीन रहेको सो आयोगका सचिव गोपिचन्द्र भट्टराई नेतृत्वका कर्मचारीहरुले द्वन्द्वकालीन न्याय निरुपणसम्बन्धी हालसम्म गरेका कामकाजको विवरणसहितको प्रतिवेदन बुधबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई बुझाएको हो ।
null
सिंहदरबारमा रहेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मन्त्री ढकाललाई बुझाइएको आयोगको प्रतिवेदनमा सत्य निरुपण तथा मेलमिलापका लागि परेका उजुरीहरुको विवरण पनि उल्लेख गरिएको छ ।
आयोगको प्रतिवेदन बुझेपछि मन्त्री ढकालले आयोगको काम कारवाहीलाई प्रभावकारी बनाउन र त्यहाँ रहेका सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी दस्तावेजहरुको सुरक्षाको उचित व्यवस्था गरी जिम्मेवारी पूर्वक काम सम्पन्न गर्न आयोगका कर्मचारीहरुलाई निर्देशन दिएको आयोगका निमित्त सचिव भट्टराईले बताए ।