वीपी प्रतिष्ठानका डा. चौधरीलाई सुप्रबल जनसेवाश्री पदक

 

बैशाख २, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक सुप्रवल जनसेवाश्री पदकबाट विभूषित भएका छन् । प्रतिष्ठानका हाडजोर्नी बिभागको बिभागीय प्रमुख प्रा.डा.पशुपति चौधरी सुप्रबल जनसेवाश्री द्वारा विभूषित भएका हुन् । 

उनलाई नयाँ वर्षको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गरेकी हुन् । आइतबार राष्ट्रपति निवासमा आयोजित विशेष समारोहमा डा. चौधरी विभूषित भए । 

null

लामो समयदेखि चिकित्सा क्षेत्रमा सक्रिय डा. चौधरीलाई प्रतिष्ठानमा रहेर जनमुखी कार्य गरी चिकित्सा सेवा पुर्याए वापत उक्त पदक दिइएको हो । पदक प्राप्त गरेपछि डा. चौधरीले चिकित्सा क्षेत्रमा अझै केहि गर्ने हौसला प्राप्त भएको प्रतिकृया दिए । 

‘मलाई चिकित्सा क्षेत्रमा अझै केहि गर्ने हौसला प्राप्त भएको छ, नेपाल सरकार र सम्माननीय राष्ट्रपति प्रति कृतज्ञ छु ।‘ मकालु खबरसँग कुरा गर्दै डा. चौधरीले भने । सन् २००० मा प्रतिष्ठानमा प्रवेश गरेका डा. चौधरीसँग प्रतिष्ठानको सहायक अस्पताल निर्देशक समेत भएर कार्य गरेको अनुभव छ । उनी हाडजोर्नी विभागका अनुभवी तिकित्सकका रुपमा समेत परिचित छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *