मृतकका परिवारलाई जनही १० लाख दिन नेकपाका विद्यार्थीको माग
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
चैत १८, काठमाडौँ । सत्तारुढ नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले बारा र पर्सामा हावाहुरीका कारण ज्यान गुमाएका मृतकका परिवारलाई जनही १० लाख दिन माग गरेको छ ।
सोमबार बिहान बसेको अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) का पदाधिकारीहरुको संयुक्त बैठकले मृतकका परिवारलाई जनही १० लाख दिन सरकारसँग माग गरेको हो । साथै उनीहरुले घाइतहरुको निःशुल्क उपचार र घरवास पुनःस्थापनाका लागि तत्काल कदम चाल्न पनि आग्रह गरेका छन् ।
null
प्रदेश २ सरकारले भने मृतकका परिवारलाई जनही ३ लाख दिने निर्णय गरको छ । गृह मन्त्रालयले हावाहुरीले क्षति पुर्याएका घरहरु निर्माण गरिदिने घोषणा गरेको छ ।
आँधी प्रभावित क्षेत्रको निरीक्षण गर्न तथा घाइते तथा पीडितहरुको उद्धार गर्नका लागि अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङको नेतृत्वमा डाक्टरहरुसहितको स्वास्थ्य टोली आजै त्यसतर्फ प्रस्थान गर्ने पनि जानकारी दिइएको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)