नागढुंगाबाट ७ लाख बराबरको भन्सार छली कपडा बरामद 

बैशाख १० काठमाडाैँ । महानगरीय प्रहरी प्रभाग नागढुगांले भन्सार छली ल्याएको कपडाहरु बरामद गरेको छ । 

चन्द्रागिरी नगरपालिका वडा नं २ नागढुंगा स्थित चेक जाँचको क्रममा प्रहरीले बुटवलबाट काठमाडाैंतर्फ आउँदै गरेको लु२ख २०११ नम्बरको बसबाट भन्सार छली ल्याएको कपडाहरु बरामद गरेको हो । 

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बेवारिसे अवस्थामा उक्त कपडाहरु भन्सार चोरी-छली राजस्व चुहावट गरी ल्याएको हुन सक्ने देखिएकाेले कपडा बरामद गरिएको बताए । 

null

 

प्रहरी प्रमुख थापाका अनुसार कुर्ता सुरुवाल ३५५ थान, सल ११५ थान, कुर्ता १५ थान, कुर्ता र सल १० सेट टप्स कुर्ता ५६० थान गरि रु ७ लाख २९ हजार बराबरको कपडा बरामद गरिएकाे छ भने सामानका धनी सम्पर्कमा आएका छैनन् । 

महानगरीय प्रहरी वृत्त थानकोटले बरामद गरेको सामाग्री अनुसन्धान पश्चात् आन्तरिक राजस्व कार्यालय पठाउने तयारी गरिरहेको जनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *