ज्ञानसुधाले रिसर्च सेन्टर सञ्चालन गर्दै

चैत्र २२, चितवन । चितवनको खैरहनी नगरपालिका ८ स्थित ज्ञानसुधा इंग्लिस स्कुलले रिसर्च सेन्टर सञ्चालन गर्ने भएको छ । शैक्षिक गुणस्तर वृद्धीका लागि ज्ञानसुधा एजुकेशनल रिसर्च सेन्टर सञ्चालन गर्न लागेको स्कुलले जनाएको छ । 

अभिभावक, विद्यार्थी र शिक्षकबीच तालमेल नमिल्दा शिक्षामा गुणस्तरीयता नआएका कारण उनीहरुको चाहना वमोजिम अध्यापन गराउने उद्देश्यले रिसर्च सेन्टर स्थापना गर्न लागिएको ज्ञानसुधा इंग्लिस स्कुलका प्रिन्सिपल राजकुमार दाहालले बताए । 

 

null

‘अभिभावक र विद्यार्थीको तालमेल नमिल्दा विद्यार्थी अन्यौलमा छन्’ प्रिन्सिपल दाहालले भने–‘रिसर्च सेन्टरले दुवै पक्षको चाहना वुझेर शिक्षण गर्न मद्दत गर्छ ।’ यो माध्यमबाट अभिभावक र विद्यार्थीको चाहना वुझ्ने र ति चाहना अनुसार शिक्षकलाई पनि अध्यापनका प्रेरित गरिने दाहालको भनाई छ । दुवैको चाहना वुझेपछि शिक्षकहरुलाई त्यही अनुसारको तालिम समेत दिईने उनले बताए । 

आउँदो शैक्षिक सत्रदेखी रिसर्च सेन्टरले काम थालनी हुनेछ । त्यसका लागि विज्ञसहितको टोली खटिनेछ । मुख्य प्रशिक्षक तारा प्रसाद अधिकारी, डा. विनोद घिमिरे, डा. नरेन्द्र ठगुन्नाको टोलीले रिसर्च सेन्टर मार्फत विद्यार्थी र अभिभावकको मनोभाव वुझेर शिक्षण प्रभावकारी बनाउन मद्दत गर्ने प्रिन्सिपल दाहालले जानकारी दिए । 

रिसर्च सेन्टरको बारेमा विद्यार्थी र अभिभावकलाई जानकारी दिने उदेश्यले शनिवार अन्र्तक्रिया कार्यक्रम समेत गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *