समुदाय प्रहरी साझेदारी कार्यक्रमः सवारी चालकको स्वास्थ्य परिक्षण

 

चैत २४ गते, चितवन । सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले चितवनमा ट्राफिक प्रहरीले सवारी चालकको स्वास्थ्य र सवारीको यन्त्र परिक्षण कार्य तीव्र पारेको छ । 

सवारी र त्यसका चालकका कारण पनि दुर्घटना भईरहेकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले समुदाय प्रहरी साझेदार कार्यक्रम अन्र्तगत नयाँ कार्यक्रम ल्याएको थियो । सोही कार्यक्रम अनुसार ट्राफिक प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा क्याम्प खडा गरी चालकको स्वास्थ्य र सवारी यन्त्र परिक्षण गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्र गिरीले जानकारी दिए । 

null

महिनामा एक पटक मुख्य राजमार्गमा क्याम्प खडा गरेर वृहत रुपमा चेकजाँच गदैै आएको उनले बताए । समुदाय प्रहरी साझेदार कार्यक्रम अनुसार आईतवार पुर्व पश्चिम राजमार्ग अन्र्तगत चितवनको खैरहनीमा चालकको स्वास्थ्य र सवारीको यन्त्र परिक्षण गरिएको थियो । चितवन मोडल अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य परिक्षण र आयाम मोटर्सको प्राविधिक सहयोगमा यान्त्रिक जाँच गरिएको हो । 

सो अवसरमा चालकहरुको उच्च रक्तचाप,मधुमेह परिक्षण गरिएको थियो । दुर्घटना न्युनिकरण संगै जनचेतना अभिवृद्धी गर्नु कार्यक्रमको उदेश्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रहरी नायव निरीक्षक कृष्ण ठकुरीले वताए । यसअघि चालकको स्वास्थ्य जाँचका क्रममा केही चालकहरु सवारी चलाउन योग्य नरहेको समेत पाईएको ठकुरीले जानकारी दिए । 

ट्राफिक प्रहरीले समुदाय प्रहरी साझेदार कार्यक्रम अर्न्तगत विद्यालय ,क्याम्पसमा लागू पदार्थ सेवन दुव्र्यसनी न्युनिकरण सम्वन्धी जनचेतना फैलाउने,नियमित चेकजाँच गर्ने लगायतका काम गर्दै आईरहेको छ । ट्राफिक प्रहरीले नयाँ कार्यक्रम ल्याएपनि चितवन भने दुर्घटना झनै वढेको छ भन्ने प्रश्नमा ट्राफिक प्रमुख चन्द्र गिरीले कार्यक्रमनै नगरेको भए अवस्था कस्तो हुन्छ भन्ने आकलन गर्न नसकिने बताए । जिल्लामा प्रत्येक दिन जसो सवारी दुर्घटना भईरहेको छ । प्रत्येक दुई दिन एक जनाको सवारी दुर्घटनामै मृत्यु हुने गरेको ट्राफिक प्रहरीको तथ्यांक समेत छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *