दाेश्राे चन्द्रागिरी गोल्डकपकाे उद्घाटन खेलमा जाउलाखेल विजयी

बैशाख १५, काठमाडाैँ । दोस्रो संस्करणको चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । 

 

आयोजक दीपशिखा युवा समूहकाे आयाेजनामा सुरू भएकाे एडिभिजन फुटबल प्रतियोगिताको काठमाडौ निर्वाचन नम्बर ९ का प्रतिनिधि सभा सांसद कृष्ण गाेपाल श्रेष्ठले उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बाेल्दै सांसद श्रेष्ठले खेलकुदकाे शक्ति विश्वकै शक्तिशाली शक्ति रहने हुदा खेलकुदवाट राष्ट्रकाे नाम उच्च वनाउन मद्दत मिल्ने वताए । 

null

नेता श्रेष्ठले खेलकुदमा जुन अनुशासन नियम पद्धति छ त्यसै गरि खेलाडीहरूले संयमित र अनुशासित भएर खेल प्रदर्शन गर्नुनै खेलाडीका लागि गर्वकाे विषय हुने जिकिर गरे । 

कार्यक्रममा सांसद केशव पाेखरेलले हाल सञ्चालनमा रहेकाे नैकाप खेल मैदानलाई राष्ट्रिय खेलमैदानमा बिकास गर्न पहल गर्ने वताए । उनले खेलमैदानकाे बिकास संगै राष्ट्रिय खेलाडी उत्पादनमा जाेड दिने वताए । 

 

चन्द्रागिरी नगरपालिका नगर प्रमुख घनश्याम गिरीले  जाफ्नाे नगरमा राष्ट्रिय स्तरकाे फुटबल प्रतियोगिताले आफुहरूलाई उत्साहित पारेकाे भन्दै उक्त प्रतियोगिता सञ्चालन गर्न ६ लाख रकम प्रदान गर्ने घाेषणा गरे । 

कार्यक्रम प्रतिनिधि सभा सांसद अञ्जना बिसंखे, प्रदेश नम्बर ३ का उद्योग,बाताबरण बन तथा पर्यटन सभापति रमा आले मगर, स्थानीय राजनितीकर्मिहरूकाे उपस्थित रहेकाे थियाे । काठमाडौंको नैकापस्थित नैकाप खेल मैदानमा हुने प्रतियोगितामा २ विभागीय र एक आयोजकसहित ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । 

आयोजक दीपशिखा युवा समूहका अध्यक्ष तथा प्रतियोगिताका संयाेजक रविवुढाथाेककीले प्रतियोगितालाई रोज बहिनी सृजनशील समाजले मुख्य प्रायोजन गरेको बताए । सम्झौतामा क्लबका अध्यक्ष रवि बुढाथोकी र रोज बसिहनीका संरक्षक माधव प्रसाद भण्डारीले हस्ताक्षर गरेका हुन् । प्रायोजनबापत नव बहिनीले प्रतियोगितालाई १० लाख रुपैया हस्तान्तरण गर्नेछ । गोल्डकपको कुल बजेट करिव ४५ लाख रुपैया रहेको छ । 

 

समुहका अध्यक्ष बुढाथोकीका अनुसार प्रतियोगितामा ‘ए’ डिभिजनसहित ८ टोलीको सहभागिता रहेको छ । सहभागी ८ टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लब र एपीएफसँगै जाउलाखेल युथ क्लब, आयोजक दीपशिखा युवा समुह, सरस्वती युथ क्लब, फ्रेन्डस् क्लब, वीरगन्ज युनाइटेड र च्यासल युथ क्लबको सहभागिता रहेको छ । 

उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र जाउलाखेल युथ क्लबीच प्रतिस्पर्धा भएकाे हाे । उद्घाटन खेलमा जाउलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई १-०काे अन्तरले पाखा लगायाे । जाउलाखेल युथ क्लबका जर्सी नम्बर १७ का खेलाडी दानिल बिजीले खेलकाे ४ मिनेटमा गाेल गरे । उक्त गाेल जाउलाखेल युथ क्लवका लागि निर्णायक बन्याे । जाउलाखेल युथ क्लवका जर्सि नम्बर १६ का खेलाडी बिशाल तामाङ म्यान अफ दि म्याचकाे उपाधी पाए । भाेली फ्रेन्डस् क्लब र एपीएफ विच प्रतियोगिता हुनेछ । 

प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् । यस्तै हरेक खेलको म्यान अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

आज बाट सुरू भएकाे एडिभिजन अन्तर्गतकाे फुटबल प्रतियोगिता बैशाख २२ गतेसम्म फुटबल प्रतियोगिता संचालन हुने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *