मन्त्री लालबाबु पण्डितको तराई मधेश कार्यक्रम कार्यान्वयन

विराटनगर, बैशाख ५ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मोरङका विभिन्न स्थानमा निर्माण हुने पुर्वाधारहरुको शिलान्यास तथा सामुदायीक विद्यालयलाई सुचना प्रविधि हस्तान्तरण गरेका छन् । 

 

मन्त्री पण्डितले तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत नेपाल सरकारले निर्माण गरिदिने विराटनगर–६ स्थित सरौचियामा मुस्लिम समुदायको सामुदायीक भवन (मुसाफिरखाना) को शिलन्यास गरेका छन् । 

null

करिब १० करोडको लागतमा निर्माण हुने मुस्लिम कम्युनिटी सेन्टरद्धारा प्रस्तावित सो भवन निर्माणका लागि तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ करोड रुपैयाँ सहयोग गरेको नेकपा प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले जानकारी दिए । 

४ कठ्ठा जग्गामा बन्न लागेको सो भवन ट्रयु बुईल्ट इन्जिनियरिङ कन्सल्ट्यान्ट प्रा.लिले गरेको भवनको डिजाईन अनुसार ६०० स्क्वायर मिटरको ५ तल्ले भवनमा सामाजिक काम विवाह, भोजभतेरका लागि २ वटा हल, बस्नको लागि ३० वटा कोठाहरु तथा पार्किङस्थल रहनेछ भने मुस्लिम समुदायसँग जोडिएका विशेष आकृतिहरु बनाईनेछ । 

सो अबसरमा मन्त्री पण्डितले सबैको सहयोगले भवन निर्माण हुनेमा आफू विश्वस्त रहेको बताए । उनले मुस्लिम समुदाय सबैभन्दा राष्ट्रवादी रहेको बताउँदै मुस्लिम समुदायको उत्थान र विकासमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार सदैव तत्पर रहेको बताए । ‘अब तराई मधेशका आदीवासी जनजातिहरुको उत्थान र विकासका लागि पनि सरकार छ भन्ने आभास सबै समुदायले पाउनेछन् ।’ उनले भने । 

कार्यक्रममा भवनको विशेषताबारे जानकारी दिँदै ट्रयु बुईल्ट इन्जिनियरिङ कन्सल्ट्यान्ट प्रा.लि.का इन्जिनियर तथा भवनका डिजाइनर पवन झाले भवनमा मुस्लिम समुदायका विशेष केही कुराहरु हुने भएपनि अन्य धर्म अनुरागीहरुले पनि भवनको सहज रुपमा उपयोग गर्न सक्ने बताए । मुस्लिम कम्युनिटी सेन्टरका अध्यक्ष जावेदनवी इराकीले निर्माण सम्पन्न गर्न लागि अझै सहयोगको खाँचो रहेको बताए । 

 

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यद्धय विनोद ढकाल, महेश रेग्मी, मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले पहिलो पल्ट सरकारले तराईका अति विपन्न तथा सिमान्तकृत समुदायको उत्थानको परिणाम सहितको थालनी गरेको बताए । 

त्यस्तै मन्त्री पण्डितले सरकारको तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गतनै विराटनगर हाटखोलाको समसान घाट स्थित सिंघिया नदी किनारमा निर्माण हुने हरित पार्कको निर्माण शिलन्यास गरेका छन् । तटबन्ध र छठ पर्वमा पुजा गर्नका लागि प्रयोग गरिने उक्त पार्क निर्माणका लागि मन्त्रालयले १ करोड रुपैयाँ उपलब्ध गराएको नेकपा प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले जानकारी दिए । 

त्यसैगरी मन्त्री पण्डितले मोरङको शुन्दर हरैँचा नगरपालिका–५ स्थित लाटी खोलामा निर्माण हुने झोलुंगे पुलको पनि शिलन्यास गरेका छन् । करिब ३ करोड रुपैयाँको लागतमा निर्माण हुने सो पुलको मन्त्री पण्डितले एक कार्यक्रमका बिच शिलन्यास गरे । सो अबसरमा बोल्दै मन्त्री पण्डितले समृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थक तुल्याउन सरकार लागि परेको बताए । उनले सो क्षेत्रमा निर्माण हुने झोलुंगे पुलले स्थानीय कृषि उपजको बजारीकरणमा टेवा मिल्ने बताए । 

सो पुलको ठेक्का ड्रागन/थामी/उमा जेभीले २ करोड ६८ लाख ६७ हजार रुपैयाँमा लिएको छ । चालु आर्थिक वर्षको चैत २६ गते सम्झौता भएको सो पुलको निर्माण कार्य ०७७ साल असोज मसान्त सम्ममा सम्पन्न गरि सक्नुपर्ने छ । 

त्यसैगरी मन्त्री पण्डितले मोरङको रतुवामाई नगरपालिका स्थित बक्राह नदीको सुनवर्षी घाटमा निर्माण हुने झोलुंगे पुलको पनि शिलन्यास गरेका छन् । सो पुलको ठेक्का ड्रागन/थामी/उमा जेभीले ४ करोड ८५ लाख ११ हजार रुपैयाँमा लिएको छ । चालु आर्थिक वर्षको चैत २६ गते सम्झौता भएको सो पुलको निर्माण कार्य २ वर्ष भित्र सम्पन्न गरि सक्नुपर्ने छ । 

त्यसैगरी मन्त्री पण्डितले मोरङको बुढीगंगा गाउँपालिकामा–६ सखुवाटोकिमा स्थित सुनसरी र मोरङ जोड्ने बुढी खोलामा निर्माण हुने झोलुंगे पुलको समेत शिलन्यास गरेका छन् । २ करोड ७५ लाख ४० हजार रुपैयाँको लागतमा निर्माण हुने सो पुलको एक कार्यक्रमका बिच मन्त्री पण्डितले शिलन्यास गरेका हुन् । 

मोरङ्ग र सुनसरी जोड्ने बुढीखोलामा २४९.४० मिटरको निर्माण हुने सो झोलुंगेपुल निर्माणको ठेक्का लिएको निलगिरी निर्माण कम्पनीले १८ महिना सम्ममा काम सम्पन्न गर्नुपर्ने सम्झौता छ सुचना प्रविधि हस्तान्तरणमन्त्री पण्डितले विद्यार्थी र अभिभावकलाई सुचना प्रविधिको पहुँचमा पुर्याउन मोरङका विभिन्न विद्यालयलाई सुचना प्रविधि हस्तान्तरण गरेका छन् । उनले विराटनगर स्थित गोग्राह उच्च मा.वि.,सुुन्दरहरैँचा नगरपालिका स्थित साजीलाल उच्च मा.वि., बुढीगंगा–५ स्थित कर्मवीर उच्च मा.वि. र वडा नं. ६ स्थित सरस्वती मा.वि. लाई कम्प्यूटर ल्याब तथा सुचना प्रविधिका लागि विविध सहयोग गरेका छन् । उनी गृह जिल्लाका विभिन्न कार्यक्रममा सहभागीता जनाउनुका साथै कार्यकर्ता भेटघाट गरि पुनः बिहिबार काठमाडौं फर्कीएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *