टेलिभिजन कार्यक्रम अर्थको अर्थ २६ औं वर्षमा प्रवेश

बैशाख १२, काठमाडौँ । मुलुकको पहिलो साप्ताहिक आर्थिक टेलिभिजन कार्यक्रम अर्थको अर्थ आज बैशाख १२ गते २६ औं वर्षमा प्रवेश गरेको छ । 

आइबिएन मिडिया एन्ड रिसर्चद्वारा उत्पादित यस कार्यक्रम हरेक आइतबार बेलुकी ९ः३० बजे र सोमबार बिहान ११ः १५ बजे नेपाल टेलिभिजनबाट पूनःप्रशारण हुँदै आईरहेको छ । 

यस टेलिभिजनले मुलुकमा भएका आर्थिक गतिविधि, समसामयिक आर्थिक मुद्धा, सरकारी र नीजि क्षेत्रको गतिविधि र समस्याहरुलाई उठान गर्दै आईरहेको छं । २६ औं वर्षमा प्रवेश गरेको यस अवसरमा यस टेलिभिनले आगामी दिनमा यसलाई अझ प्रभावकारी एवं विश्वासनिय बनाउँदै लैजाने प्रण गरेको छ । 

null

यस टेलिभिजनले मुलुक संघीय संरचनामा गएसँगै गठित प्रदेशमा आर्थिक विकास र समृद्धिको अवसर र समस्याको उठान गर्न सातै प्रदेशमा आर्थिक बहस कार्यक्रम थालनी गरिसकेको जानकारी दिएका छन् । 

यस वार्षिक उत्सवको अवसरमा यस टेलिभिजनले आगामी दिनमा पनि मुलुकको समसामयिक आर्थिक मुद्धा र देखापर्ने समस्याहरुलाई गहनताका साथ उठान गर्ने प्रण गदैै समृद्ध नेपाल सुखी नेपाली निर्माणको सरकारी अभियानमा संचार माध्यमको तर्फबाट सक्दो सहयोग गर्ने बाचा समेत गरेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *