देउवा र पौडेल मिले कांग्रेसलाई कसैले हराउन सक्दैनः महामन्त्री कोइराला

२०७५ चैत २५ गते

चैत २४, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसलाई एकताबद्ध बनाउन लागिपरेको दाबी गरेका छन् ।
आइतबार नेपाल महिला संघ भक्तपुरले नयाँ वर्षको अवसरमा आयोजना गरेका शुभकामना आदान प्रदान कार्यक्रममा महामन्त्री कोइरालाले पार्टीभित्र गुट मौलाएको स्वीकार गर्दै आफू पार्टीलाई एकताबद्ध बनाउन लागि परेको दाबी गरेका हुन् ।
null
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल एक भए कांग्रेस एक ढिक्का हुने स्पष्ट पार्दै उनले भने, ‘सभापति देउवा र वरिष्ठ नेता पौडेल मिल्ने हो भने कांग्रेसमा गुटको अन्त्य हुन्छ । म उहाँहरुलाई मिलाउँदै मिलाउँदै पार्टीलाई एक ढिक्का बनाउन लागिपरेको छु’, उनले भने ।

२०७५ चैत २५ गते
प्रतिक्रिया
सम्बन्धित