छुवाछुदको व्यवहारीक अन्त्यको माग गर्दै पदयात्रा: अधिकारकर्मी भन्छन् झनै घटना बढ्यो

वैशाख ५, चितवन । जातिय विभेद तथा छुवाछुत मुक्त राष्ट्र घोषणा भएपनि अझै पनि व्यहावरमा लागु नभएको भन्दै दलित तथा गैर दलित अधिकारकर्मीहरुले चिन्ता जनाएका छन् । 

 

विभेद गर्नु हुन्न भनेर कानुनमा लेखिएता पनि व्यवहारमा भने लागु नभएको उनीहरुको भनाई छ । छुवाछुतको व्यवहारीक अन्त्यका लागि मेची महाकाली पदयात्रामा सहभागी टोलीका सदस्यहरुले विहीवार नारायणगढमा पत्रकार सम्मेलन गरी आफ्नो अभियानका बारे जानकारी गराउँदै यसको व्यवहारीक अन्त्य हुनु पर्ने वताए । दलित अधिकारकर्मी रीता परियारले छुवाछुत अन्त्य भएको घोषणा गरिएपनि यसको न्युनिकरण हुनु पर्नेमा झनै वढेको वताईन् । 

null

छुवाछुतकै कारण जनप्रतिनिधीहरुबाटै हत्या सम्मको घटना भएको उनले वताईन् । छुवाछुद तथा विभेदको व्यवहारिक अन्त्यका लागि स्थानीय देखी संघीय सरकार गम्भीर वन्नु पर्ने परियारको भनाई थियो । मेची महाकाली पदयात्रामा सहभागी होमनाथ आचार्यले दलित समुदाय पनि आत्मसम्मानका साथ वाच्न पाउनु पर्ने वताए । आचार्यका अनुसार छुवाछुतको वर्तमान अवस्था र परिवर्तनको कारक पत्ता लगाउन आफुले यो अभियानमा साथ दिएको उनले वताए । 

अर्का दलित अधिकारकर्मी अशोक दर्नालले सुदुरपश्चिममा छुवाछुतका कारण जयन्य अपराध हुने गरेपनि अहिले प्रदेश १ र २ मा पनि यस्ता घटना वढ्दै गएको वताए । छुवाछुत मुक्त राष्ट्र घोषणा भएपनि जयन्य अपराधका १४ वटा घटना यो अवधिमा भएको उनले जानकारी दिए । महाकालीको चाँदनी दोधराबाट सुरु भएको पदयात्रा मेचीको झापामा पुगेर समापन हुने पदयात्रामा सहभागी रिता परियारले जानकारी दिईन् । 

पदयात्राको ३३ औं मा उनीहरु चितवन आईपुगेका हुन् । उनीहरुले शुक्रवार भरतपुर महानगरपालिकामा अन्र्तक्रिया गरी हेटौडा तर्फ प्रस्थान गर्ने कार्यक्रम छ । अवको २५ दिन भित्र मेची पुग्ने उनीहरुको दावी छ । पदयात्राका क्रममा उनीहरुले दलित तथा गैर दलित वस्तीमा पुगि त्यहाँका समस्या तथा उनीहरुका राय सुझाव समेत संकलन गरिरहेका छन् 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *