बम निष्कृय

 

बैशाख ६, तनहुँ । आज बिहान तनहुँको भिमाद नगरपालिका परिसरमा भेटिएको बम सेनाद्वारा निष्कृय गराईएको छ । बम कुकरमा प्लाष्टिकले बेरेर अज्ञात समूहद्वारा राखिएको थियो । 

यस बमलाई खैरेनीटारबाट गएको नेपाली सेनाले निष्क्रिय गरेको इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिएका छन् । उनले बम राख्ने व्यक्ति वा समूहको पहिचान खुल्न नसकेको समेत बताएका छन् । 

null

नेत्रविक्रम चन्द समूहले आतंक फैलाउन बम राखेको हुन सक्ने अनुमान गरिएको नायब निरीक्षक रेग्मीले बताएका छन् । 

बिहिबार नेपाल बन्दको बेला पनी तनहुँका चार स्थानबाट शङ्कास्पद वस्तु फेला पारिएको थियो । ती सबै शङ्कास्पद वस्तुुलाई नेपाली सेनाद्वारा निष्कृय गरिएको थियो । 

यसरी ठाउँ–ठाउँमा शङ्कास्पद वस्तु फेला पर्नाले त्यहाँका स्थानियबासीहरु त्रसित भएको नायब निरीक्षक रेग्मीले बताएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *