हावाहुरीले भत्किएका सबै घर–टहरा सरकारले बनाइदिने

 

चैत १८, काठमाडौँ । बारा र पर्सामा आइतबार साँझको हावाहुरीले क्षति पुर्याएका सबै घर–टहरा सरकारले निर्माण गरिदिने भएको छ । 

घटनास्थलको निरीक्षणका लागि सोमबार बारा पुगेका गृहसचिव प्रेमकुमार राईले हावाहुरीले क्षति पुर्याएका सबै घरहरु गृहमन्त्रालयले निर्माण गर्ने घोषणा गरेको जानकारी दिए । 

null

अहिले हुरी प्रभावित क्षेत्रको क्षतिको विवरणहरु संकलन कार्य भइरहेको छ । क्षतिग्रस्त क्षेत्रको निरीक्षण गर्न गृहमन्त्री रामबहादुर थापा तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँगै सेनाको स्काइ ट्रकमा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका छन् । 

सरकारले हावाहुरीमा परी ज्यान गुमाएकाहरुको परिवारहरुलाई जनही ३ लाख दिने घोषणा गरेको छ । हावाहुरीका कारण त्यहाँका बारा र पर्सामा गरी २७ जनाको मृत्यु भएको थियो । बारामा मात्रै २६ जनाको मृत्यु भएको छ भने ६ सय भन्दा बढी घाइते भएका छन् । 

प्राप्त पछिल्लो जानकारी अनुसार ४ सयको उद्धार गरिएको छ । २ सय ८२ जनाको उपचार हुँदैछ । गम्भीर घाइते ६ जनालाई थप उचारका लागि काठमाडौँ ल्याइएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *