७ बर्ष देखी छोरीलाई बालात्कार गर्ने बाबु पक्राउ

बैशाख ६, दोलखा । दोलखामा आफ्नै छोरीलाई बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेका छन् । 

बिगत सात वर्ष देखी उनले आफ्नै छोरीलाई घरमा कोही नभएको अवस्थामा बिभिन्न धम्की, डर,त्रास देखाई छोरीलाई बलात्कार गर्दै आईरहेको प्रहरीले जनाएको छ । छोरीले आफूलाई बाबुले ७ वर्षदेखि बलात्कार गरिरहेको उजुरी गरेपछी बुधबार उनलाई चरिकोट बजारबाट पक्राउ गरिएको प्रहरी निरीक्षक रेशम बोहराले बताएका छन् । 

पिडित छोरीले आफ्नो परिवार र आफ्नो ईज्जत बचाउँनको लागि आफू बारम्बार बलात्कार भएको कुरा बाहिर नल्याएको र पछी सहनै नसकेपछी प्रहरीलाई उजुरी गरेको बताइएकी छिन् । हाल आरोपी बाबुलाई पक्राउ गरी उनीमाथी अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *