अदालतकै फैसला आएपनि सरकारी जग्गा व्याक्तिका नाममा दर्ता गर्न नसकिने : मन्त्री अर्याल

 

बैशाख २, स्याङजा । सरकारी जग्गा व्याक्तिका नाममा कुनैपनि हालतमा दर्ता हुन नपाउने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा कुमारी अर्यालले बताएकी छिन् । उनले याङ्जाको चापाकोटमा आयोजित एक कार्यक्रममा उक्त कुरा बताएकी हुन् । 

कार्यक्रममा बोल्दे उनीले भनिन् ‘सर्वोच्च अदालतकै फैसला आएपनि सरकारी जग्गा व्याक्तिका नाममा दर्ता गर्न नसकिने’  यदि कसैले त्यस्तो सपना देखेको छ भने त्यो सपना नदेखे हुन्छ । मन्त्री अर्यालले चेतावनी समेत दिएकी छिन्। आफ्नो एउटै मात्र उद्देश्य मालपोत र नापी कार्यालयमा हुने गरेका बेथितिको अन्त्य गर्नु रहेको भन्दै उनले कुनैपनि बहानामा नअल्झिने बताइन्। यताउता केही गरेर प्रभावमा पार्ने सोचेको भए त्यो ठुलो भुल मात्र हुने मन्त्री अर्यालले बताएकी छिन् । 

null

जनताको सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको भन्दै मन्त्रालयले मालपोत र नापी कार्यालयमा रहेका श्रेस्तालाई कप्युटर प्रणालीमा सुरक्षित राख्न कार्यालयमा रहेका पुराना कागजपत्रलाई स्क्यानिङ गर्ने काम गरीरहेको बताएकी छिन् । 

मालपोत र नापी कार्यालयको काम कारबाहीलाई सुधार गर्ने लक्ष्यका साथ अनलाइन प्रणालीको सुरुवात गरेको बताउँदै उनले भनिन् आफुले चाहेजति कार्य अझै सम्म नभए पनि धेरै सुधार हुँदै आएको बताएकी छिन् । उनले सबैभन्दा बढी भ्रष्टाचार शौचालयमा हुने गरेको बताएकी छिन् । 

उनले आगामी पाँच वर्ष भित्रमा सहकारीको संख्यालाई पचास प्रतिशतमा  ल्याउने समेत बताएकी छिन् । उनले मन्त्रालयले सहकारीका भित्रभित्रै अनुगमन गरिरहेको समेत बताएकी छिन् । विकाशको काममा स्थानिय स्तरमा पनी साझा सहमति गरेर कार्य गर्नुपर्ने बताउँदै विकासको काममा राजनीति नगर्न समेत उनले आग्रह गरेकी छिन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *