जापानबाट अक्षयकोषलाई ६७ हजार संकलन

वैशाख ५, चितवन । चितवनको खैरहनी माध्यमिक विद्यालयमा स्थापित जन्मोत्सव तथा स्मृती छात्रवृत्ती अक्षयकोषमा जापानमा रहेका नेपालीहरुले सहयोग गरेका छन् । 

 

खैरहनी ८ पर्सामा सामाजिक अभियन्ता मुरली प्रसाद गजुरेलले गरिव तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने उदेश्यले एक्लो प्रयासमा वि.सं. २०६७ सालमा खैरहनी माविमा अक्षयकोष स्थापना गरेका थिए । सो अक्षयकोषलाई देश विदेशमा रहेका नेपालीहरुले शुभकार्य , पुण्य तिथीको अवसर पारेर सहयोग गर्दै आएका छन् । 

null

सोही क्रममा जापानमा रहेका नेपालीहरुले जन्म दिन र वैवाहिक वर्षगाँठको अवसर पारेर १८ जनाले ६७ हजार रुपैया कोषलाई सहयोग गरेको कोषका संयोजक मुरली प्रसाद गजुरेलले जानकारी दिए । 

सो रकम खैरहनी घर भई हाल जापानमा रहेका बाबुराम रिजाल र कलावती रिजालको खातामा नेपालीहरुले जम्मा गरेका थिए । गजुरेलले कोषमा १ करोड पुर्याउने लक्ष्य लिएका छन् । हाल सम्म कोषमा ९६ लाख रुपैया संकलन भईसकेको हाल अष्ट्रेलियामा रहेका गजुरेलले वताए । पारिवारीक भेटघाटका लागि अष्टे«लिया पुगेका गजुरेलले त्यहीबाट कोषमा सहयोग जुटाईरहेका छन् । 

कोषबाटै खैरहनी माविको कक्षा ११ र १२ मा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीका लागि पठनपाठनमा सहयोग पुग्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *