बसुन्धरामा बम भेटियो, ५ जना प्रहरी नियन्त्रणमा

 

चैत्र २५ काठमाडौँ । काठमाडौँको बसुन्धरामा स्थित साँस्कृतिक कार्यक्रमका लागि कोरिया पठाउने ‘द वर्ल्ड कल्चर आर्ट एसोसिएन अफ नेपाल’ को कार्यालयमा बम फेला परेकाे छ ।  

बसुन्धरामा स्थित ओसिस क्याफेकाे पछाडि रहेको एक घरको तीन तलामाथि रहेको ‘द वर्ल्ड कल्चर आर्ट एसोसिएन अफ नेपाल’ को कार्यालयमा बम फेला परेकाे हाे । 

null

हाल नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ गएको प्रवक्ता एसएपी श्याम ज्ञवालीले बताएका छन् ।  

घटनापछि डम्बर विसीले सञ्चालन गरेकाे उक्त कार्यालयमा आएका ५ सेवाग्राहीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ । हालसम्म घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन । 

यो भन्दा अगाडी फागुन २४ गते पनि वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा प्रेसर कुकर बम विष्फोट भएको थियो । उक्त घटनाको जिम्मा भने विप्लव समूहले लिएकाे थियाे ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *