जनपथ प्रहरी नायव निरीक्षकको भन्दा ट्राफिक प्रहरी जवानको तलव बढि

बैशाख १०, काठमाडौं । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा कार्यरत ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता दिने सरकारको निर्णय प्रति राजधानीका जनपथ तर्फका प्रहरीहरुले असन्तुष्टी जनाएका छन् । 

एउटै विभाग एउटै दर्जा र संँगै अहोरात्र ट्राफिक प्रहरी सँग सडकमा खटिने जनपथ तर्फका प्रहरीहरु भने सो सुविधा वाट बञ्चित भए पछि असन्तुष्टी व्यक्त गर्न थालेका हुन । 

उपत्यकाका ट्राफिक प्रहरीलाई भने प्रोत्साहन भत्ता आउने भएपछि ट्राफिक प्रहरीमा भने खुसी छाएको छ । तर सँगै तालिम गरेका जनपथ तर्फका प्रहरीहरु माथि गरिएको विभेदले काम गर्ने जनपथ प्रहरीको मनोवल खस्केको एक प्रहरी अधिकारीले नाम नबताउँने सर्तमा वताए । 

null

 

‘एउटै दर्जा र एकै स्थानमा दीनभर धुलो र धुँवा खाने जनपथ प्रहरीलाई छुट्याउने काम भयो, सँगै बसेर काम गर्ने वातावरण नै भएन ।’ उनले भने । ट्राफिक प्रहरी जवान र हवल्दारलाई तलबको ४० प्रतिशत, जुनियर अफिसरलाई २० प्रतिशत र सिनियर अफिसरलाई १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । 

प्रहरीमा कार्यरत्त प्रहरी जवानको १७ हजार २ सय ३० र प्रहरी हवल्दारको पारिश्रमिक १८ हजार ३ सय ४० प्रहरी सहायक निरीक्षकको २२ हजार १ सय ४० रहेको छ ।त्यस्तै प्रहरी नायव निरीक्षकको २३ हजार ५ सय, प्रहरी निरीक्षकको ३० हजार ५ सय र प्रहरी नायव उपरीक्षकको ३४ हजार २ सय २० पारिश्रमिक रहेको छ । 

हालको तलव स्केल वापत ट्राफिक प्रहरीको जवानले २० प्रतिशतको दरले ६८९२ गरि २४ हजार १ सय २२ पाउनेछन्, भने ट्राफिक प्रहरी हवल्दार ७३३६ का दरले २५ हजार ६ सय ७६ पाउनेछन । जुनियर अफिसर तर्फ प्र.स.नि ४४२८ थप र प्र.ना.नि ४७०० गरि क्रमसः २६ हजार ५ सय ६८ र २८ हजार २ सय पाउनेछन भने प्रहरी निरीक्षक ३०५० र प्रहरी नायव उपरीक्षक ३४२२ प्रोत्साहन भत्ता पाउनेछन । क्रमसः सो अनुरुप ट्राफिक प्रहरी निरिक्षकको ३३ हजार ५ सय ५० हुनेछ भने ट्राफिक प्रहरी नायव उपरीक्षकको ३७ हजार ६ सय ४२ हुनेछ । 

नेपाल प्रहरीका जनपथ तर्फका प्रहरी नायव निरीक्षकको तलव भन्दा ट्राफिक प्रहरी जवानको तलव माथी हुनेछ । राजधानीमा जनपथ प्रहरीहरु वृत्त, प्रभाग ईलाकाहरुमा वढि खटिने गरेको एक तथ्याङ्कले देखाएको छ । 

भर्खरै मात्र नेकपाका नेता तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एक अन्र्तवातामा प्रहरीहरुको दर्जा अनुसार सेवा सुविधामा वृद्धि गर्नु पर्नेमा जोड दिएका थिए । उनले देशमा प्रहरीको सुविधामा ध्यान दिएको खण्डमा मात्र देशको आर्थिक, सामाजिक परिवर्तन हुने कुरामा जोड दिएको भनाई समाजिक सञ्जालमा भाइरल भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *