चिकित्सकको आन्दोलन स्थगित, खुलाए अस्पतालका सबै सेवा
प्रहरीकाे हस्तक्षेपपछि बुधबार (चैत १७ गते) अस्पतालकाे प्राङ्गणमै बिरामी जाँच्दै चिकित्सकहरू
वैशाख १, काठमाडौं । कर्मचारी समायोजनको विरोधमा उत्रिएका देशभरका सरकारी चिकित्सकहरु आन्दोलन स्थगित गर्दै काममा काममा फर्किएका छन् । चिकित्सकले आन्दोलन स्थगित गरेसँगै देशभरका सरकारी अस्पतालका सबै सेवा खुला भएको छ ।
null
कर्मचारी समायोजनका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलन चैत १७ देखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेर अस्पतालको प्राङ्गगणमै धर्ना बसेका चिकित्सकहरुको माग पूरा गर्न १५ दिनको समय माग गरेपछि अस्पतालका सबै सेवा खुलाइएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार साँझ दुई पक्षबीच भएको वार्तामा सरकारले वैशाख १५ गतेसम्मको समय माग गरेको हो।
गत बुधबार प्रहरीले आकस्मिक बाहेक ओपिडी बन्द गरेर धर्नामा बसेका सरकारी चिकित्सकलाई बल प्रयोग गरी बिरामी जाँच्न लगाएको थियो । प्रहरीको हस्तक्षेपपछि चिकित्सकले अस्पतालको प्राङ्गणमै बिरामी जाँचेका थिए । प्रहरीले भीड नियन्त्रण गर्न लाठीचार्ज समेत गरेको प्रत्यक्षदर्शीहरुले बताएका थिए ।