दाइजो नपाएकाे निहुँमा श्रीमतीकाे हत्या गर्ने डाक्टर यादव जेल चलान

 

बैशाख १० काठमाडौं । मागेजति दाइजो नपाउँदा श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ परेका डाक्टर सचितानन्द यादवलाई पुर्पुक्षका लागि जेल चलान गरिएको छ । 

दाइजोको निहुँमा श्रीमती सुनिताको गरेको आरोप खेपिरहेका नारायणी अस्पताल वीरगन्जमा कार्यरत डा. सचितानन्द सोमबार कारागार चलान भएका हुन् । 

null

जिल्ला अदालत पर्साका न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजलासले डा. यादवलाई जेल चलान गर्न आदेश दिएको हो । 

उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ नम्बर बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको जानकारी दिइएको छ । 

डाक्टर यादवले दिएको निर्मम यातनाका कारण गम्भीर घाइते भएकी ३६ वर्षीया सुनीताको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको थियो । 

सुनिता सचितानन्दकी जेठी श्रीमती हुन्। सुनिताबाट सन्तान नभएपछि डाक्टरले कान्छी श्रीमती भित्र्याएका थिए। कान्छी श्रीमती ल्याएपछि सुनिता र सचितानन्दबीच सम्बन्ध बिग्रेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *