विद्यार्थी भर्ना अभियान सन्दर्भमा शिक्षामन्त्रीको यस्तो अपिल


बैशाख २, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शैक्षिक सत्र २०७६ को ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बाबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने अभियानमा सहयोग गर्न अपील गरेका छन् ।
मन्त्री पोखरेलले आ–आफ्नो स्थानबाट खुला हृदयले सरिक भई विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने, नियमिति विद्यालय आगमनको सुनिश्चित गर्ने र विद्यालयमा उचित सिकाइ वातावरण तयार गर्न अपिल गरेका हुन् ।
null
सरकारले विगत २०६१ सालदेखि विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय प्रवेश गराउने तथा शिक्षाबाट कोही पनि बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले विद्यार्थी भर्ना अभियान चलाउँदै आएको स्मरण गराउँदै शिक्षा मन्त्री पोखरेलले भने, ‘नेपालको संविधानमा आधारभूत शिक्षा निःशुल्क तथा अनिवार्य गरी शिक्षालाई मौलिक हकका रुपमा कायम गरिएको छ । यस वर्षको विद्यार्थी भर्ना अभियानसँगै हामी सामुदायिक विद्यालय सुधार तथा रुपान्तरणको अभियानमा जुट्दैछौँ ।’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट १० बुँदे मार्गचित्र, २२ बुँदे कार्ययोजनासँगै हरित विद्यालय, नमूना विद्यालय, प्राविधिक विद्यालय, लक्षित छात्रवृति, निशुल्क पाठ्यपुस्तक, शिक्षक तालिम, अभिभावक सचेतना जस्ता कार्यव्रmम तथा अवधारणा कार्यान्वयनसँगै साक्षर नेपाल घोषणको तयारी समेत भइरहेको छ ।
यस महत्वपूर्ण अभियानमा विगत वर्षमा जस्तै सरकारी तथा गैरसरकारी क्षेत्र, राजनीतिक दल, सामाजिक संघ संस्थाहरु एवम् उद्योगी, व्यवसायी, अभियन्ता, शिक्षक, विद्यार्थी, अभिभावक, राष्ट्रसेवक, जनप्रतिनिधिसहित सिंगो नेपाल परिचालित हुन आवश्यक रहेको शिक्षामन्त्री पोखरेलको भनाइ छ ।
