पासाङ ल्हामु शेर्पाको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै प्रधानमन्त्रीले भने– साहस र प्रेरणाकी स्रोत

 

बैशाख १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकी प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पा साहस र पे्ररणाकी स्रोत भएको बताएका छन् । 

मंगलबार पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । 

null

‘प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामू शेर्पाले सगरमाथाको सफल आरोहण गरेर महिलाहरु पनि कम छैनन् भन्ने पुष्टि गरेकी छिन्,’ काठमाडौंको चुच्चेपाटीमा रहेको स्वर्गीय पासाङ ल्हामू शेर्पाको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै प्रधानमन्त्रीले भने, ‘उनको साहसिक कार्यले सबै महिलालाई साहस प्रदान गरेको छ । सरकार पासाङ ल्हामुको स्मृतिलाई दीर्घकालिन बनाउन तयार छ ।’ 

स्वर्गीय शेर्पाले आजभन्दा २६ वर्ष अघि सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर पहिलो सगरमाथा आरोही महिलाको नयाँ कीर्तिमान कायम गरेकी थिइन्। 

कार्यक्रममा प्रमले सगरमाथाको उचाइ नेपाली टोलीले नाप्न लागेको पनि जानकारी गराएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *