न्यायाधीश नियुक्ति नसच्याए काम वहिष्कार गरी अदालतमै धर्ना बस्ने कर्मचारीको चेतावनी

 

बैशाख ११, काठमाडौं । सर्वोच्च अदालतको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले सर्वोच्च अदालत र उच्च अदालतमा गरिएको न्यायाधीश नियुक्ति सच्चाउन माग गरेको छ। 

युनियनका अध्यक्ष प्रकाश पराजुलीले आज जारी गरेको प्रेस विज्ञप्तिमा असक्षम, अयोग्य र कनिष्ठलाई न्यायाधीश नियुक्ति गरेको भन्दै निर्णय सच्याउन माग गरिएको छ। 

null

न्याय परिषद्ले सर्वोच्च र उच्च अदालतमा सर्वोच्च अदालतमा पाँच र उच्च अदालतमा १८ गरी २३ न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो। सबै न्यायाधीशले काम समेत शुरु गरिसकेका छन्। युनियनले आफ्ना माग पूरा नभए चरणवद्ध आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। 

अन्य मागमा २०७५ साउन महीनादेखि अतिरिक्त समय काम गरेको प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, सेवाग्राहीको समयमा सेवा पाउने अधिकारलाई ग्यारेन्टी गर्न साप्ताहिक र दैनिक कजलिष्टमा मुद्दाको ज्येष्ठताको आधारमा सुनुवाइ हुने निश्चित गर्नुपर्ने, कार्यालय समय १०–५ गर्नुपर्ने माग रहेको छ। 

आफ्ना माग पूरा नभएमा वैशाख १२ र १३ गते कालो पट्टी बाँधेर काम गर्ने र १५ गतेदेखि दैनिक क्रमश काम गर्ने समय घटाउँदै लैजाने कर्मचारीहरुले चेतावनी दिएका छन् । 

१५ गते १० बजेदेखि १ घण्टा, १६ गते दुई घण्टा, १७ गते १० बजेदेखि १ बजेसम्म तीन घण्टा, १९ गते चार घण्टा, २० गते १० देखि ३ बजेसम्म ५ घण्टा, २२ गते ६ घण्टा र २३ गते देखि पुरै कार्यालय समय काम वहिष्कार गरी धर्नामा बस्ने निर्णय भएको युनियनका अध्यक्ष प्रकाश पराजुलीले जानकारी दिए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *