२ केजी ५० ग्राम पोल्यान सहित दुई पक्राउ

चैत्र, काठमाडौं । महानगरीय प्रहरी प्रभाग वलम्वुले चरेश जस्तो देखिने पोल्यान नामक लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग वलम्वुका प्रमुख प्रहरी निरिक्षक शंकर खड्काको नेतृत्वको टोलीले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. दहचोक १ सृजनाचोक स्थित सार्वजनिक सडक खण्डमा चेकजाँच गर्ने क्रममा उक्त लागुपदार्थ वरामद गरेको हो । 

 

null

नागढुङ्गा देखि कलंकी तर्फ आउँदै गरेको बा ३४ प ११०२ नं. को कालो १५० सि. सि. को मोटरसाइकलमा सवार दुई जनालाई दुई किलो चरेश जस्तै देखिने पोल्यान नामक लागु औषध सहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले मकवानपुर थाहा नगरपालिका वडा नं ५ बस्ने वर्ष २१ को दिपक स्याङ्तान र सोही घर भई बस्ने वर्ष २२ को लाल कुमार बम्जनले बोकेको कालो झोलाभित्र हरियो पोलिथिनलाई सेतो टेपले बाँधिएको अवस्थामा २ केजि ५० ग्राम चरेश जस्तो देखिने पोल्यान नामक लागु औषध सहित पक्राउ गरिएको वताए । जनलाई थप अनुसन्धान पश्चात म्याद थप गरि लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्धा चलाईएको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *