दाहाल र देउवा हुरीप्रभावित क्षेत्र जाँदै, प्रचण्डले राहत बाँड्ने

 

चैत १९, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार हुरी प्रभावित क्षेत्र निरीक्षण गर्न बारा र पर्सा जाने भएका छन् । अध्यक्ष दाहाल र सभापति देउवा आ–आफ्नो टोलीसहित हुरी प्रभावित क्षेत्रमा जान लागेका हुन् । 

प्रचण्ड बिहान ११ बजे त्यसतर्फ प्रस्थान गर्ने उनको निजी सचिवालयले जनाएको छ। कांग्रेस सभापति देउवा भने त्यसतर्फ प्रस्थान गरिसकेका छन् । 

null

प्रचण्डले त्यहाँ पुगेर पीडितको अवस्थाबारे जानकारी लिने र पीडित परिवारसँग भेटघाट गरी राहत समेत वितरण गर्ने उनको सचिवालयले जनाएको छ । 

सोमबार गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँगै प्रधानमन्त्री केपी शर्मा ओली पनि पीडितको अवस्थाबारे जानकारी लिन बारा र पर्सा गएका थिए । उनले त्यहाँको अस्पताल पुगेर उपचाररत घाइतेहरुलाई भेटेका थिए । साथै उनले राहत, उद्धार र उपचारमा कुनै कसर नराख्न पनि निर्देशन दिएका छन् । 

आइतबार साँझ आएको भीषण हावाहुरीका कारण बारामा २६ र पर्सामा १ जनाको मृत्यु भएको थियो भने ४ सय भन्दा बढी घाइते भएका थिए । मृतकका परिवारलाई प्रदेश २ सरकारले जनही ३ लाख दिने भएको छ भने गृह मन्त्रालयले क्षतिग्रस्त घरहरु निर्माण गरिदिने भएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *