सिआइबीद्वारा सम्पादक गिरी पक्राउ

 

बैशाख २, पोखरा । सम्पादक अर्जुन गिरीलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएका छन् । उनी पोखराबाट प्रकाशित हुने ‘ताण्डव’ साप्ताहिक र ताण्डवन्युज डटकमका सम्पादक हुन् । 

उनीमाथी बतास कम्पनीका वीपेन्द्रराज बतास बिरुद्ध ताण्डवको चैत २२ गतेको अंकमा ‘ठग! बदमास वीपेन्द्रराज बतास’  शीर्षकको समाचार सम्प्रेसन गरेको र त्यही समाचार ताण्डवन्युज डटकममा समेत हालेकाे आरोप छ ।  

null

प्रकाशित समाचारमा बतासले पोखराका व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई १ करोड ९८ लाख र २ करोड २५ लाख गरी ४ करोड २३ लाख ठगी गरेको समाचार लेखिएको छ । 

बतासले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा गिरीविरूद्ध साइबर अपराधको मुद्दा हालेका थिए। सिआइबीले गिरीलाई पक्राउ गरिदिन कास्की प्रहरीलाई पत्र समेत लेखेका थिए । 

कास्की प्रहरीका प्रवक्ता डिएसपी रवीन्द्रमान गुरूङले भने ‘सिआइबीको पत्रलाई आधारमानी उहाँलाई पक्राउ गरेका हौं,’ ‘मुद्दाबारे हामीलाई केही थाहा छैन। मुद्दा केन्द्रले नै हेर्ने हो। ’सिआइबीका प्रमुख डिआइजी निरज शाहीले पत्रिका दर्ता नगरी आफू विरुद्ध समाचार लेखेको उजुरीका आधारमा गिरीलाई पक्राउ गरिएको बताए। 

तर सम्पादक गिरी भने आफ्नो पत्रिका र अनलाइन दुबै तर्फ दर्ता भएको दावि गर्छन् । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले समाचार लेखेकै आधारमा प्रहरीले गिरीलाई साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता गर्नु आपत्तिजनक भएको बताएका छन् । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *