कार्यशैली परिवर्तन नभएसम्म समृद्धि हुँदैनः प्रचण्ड

 

बैशाख ६, चितवन । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आयातमुखी अर्थतन्त्रलाई विस्थापित नगरे सम्म मुलुक समृद्ध नबन्ने बताएका छन् । 

प्रदेश नम्बर ३ प्रदेश नीति तथा योजना आयोगको आयोजनामा आज शुक्रबारबाट भरतपुरमा शुरु भएको लगानी सम्मेलनको उद्घाटन समारोहलाई सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले मुलुक समृद्ध बनाउन आयात प्रतिस्थापन गर्दै निर्यात गर्न सक्नुपर्ने बताए । 

null

कुनै बेला नेपालबाट खाद्यान्न लगायतका वस्तुहरु बाहिरी मुलुक निर्यात हुने गरेपनि अहिले त्यस विपरित रहेकोमा उनले चिन्ता व्यक्त गरे । सरकारले नेपाललाई समृद्धिको बाटो तय गर्न निजी क्षेत्रले उद्योगधन्दा र उत्पादनमा लगानी गर्ने वातावरण बनाउनुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिए ।  

उनले समृद्धिको सपना पुरा गर्न नयाँ सिराबाट अगाडी बढ्नुको विकल्प नरहेको समेत औंल्याए । 

कार्यक्रममा पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले भ्रष्टाचार न्यूनिकरण भएमात्र समृद्धिको अभियान सफल हुने दाबी गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *