सरकारले कानुन निर्माणको काम अगाडि बढाउन सकेनः बाबुराम भट्टराई
बैशाख ९, ललितपुर । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले सरकारले कानुन निर्माणको कामलाई अघि बढाउन नसकेको आरोप लगाएका छन् ।
रुद्र शर्माद्वारा लिखित पुस्तक ‘नेपाल, भारत र अमेरिकामा संघीय विवाद निरुपण’ सम्बन्धी पुस्तकको बिमोचन कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
null
पुस्तक विमोचन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘सरकारले संविधान कार्यान्वयन हुनेगरी कानुन निर्माणको काम अघि बढाउन सकेन । संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्धलाई व्यवस्थित बनाउन सरकारले प्रस्ताव गरेको राष्ट्रिय समन्वय परिषद् र प्रदेश समन्वय परिषद् पनि व्यवहारिक देखिएन ।’
संयोजक भट्टराईले वित्तिय संघीयता र प्राकृतिक स्रोत, साधनको बाँडफाँडसम्बन्धी विवाद नेपालको संघीयता कार्यान्वयनको विवादको मूल विषय रहेकाले सो विवाद निरुपणका लागि व्यापक बहसको जरुरी रहेको औंल्याए ।