‘बालुवाटार बेच्नेले सिंहदरबार बेच्लान्, हाेशियार !’


बैशाख २, काठमाडौं । विवेकशील साझा पार्टीले सोमबार प्रधानमन्त्री निवास नजिक प्रदर्शन गरेको छ ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा पास गराइएको विरुद्ध रवीन्द्र मिश्र नेतृत्वको विवेकशीलले आज प्रधानमन्त्री निवास नजिक प्रदर्शन गरेको हो ।
null
प्रदर्शनमा सहभागीहरुले ‘बालुवाटार बेच्नेले सिंहदरबार बेच्लान् होशियार, भ्रष्ट नेता, भूमाफिया, भ्रष्ट व्यापारी भ्रष्ट प्रशासक, चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं, नेताहरुको सम्पत्ति छानवीन गर, ठूलो माछा कता छ ? सिंहदरबार जता छ’ लगायतका नारा लगाएका थिए ।
प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैको जग्गा व्यक्तिका नाममा दर्ता गरेको समाचार सार्वजनिक भइरहँदा यता सरकारले भने जग्गा किनबेच नभएको दाबी गर्दै आएको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री निवास नभई सँगै जोडिएको ललिता निवासको जग्गामा हिनामिना भएको दाबी गरेका थिए ।
सरकारी जग्गा किनबेच घटना बाहिर आएपछि सरकारले एक हप्ता अघि प्रधानमन्त्री निवासको जग्गा विक्री गर्न रोक लगाउने निर्णय गरेको थियो ।
