सुन्दरहरैचामा भेटिएको कुकर बम सेनाद्वारा निष्क्रिय

 

बैशाख ५, विराटनगर । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बिहिबार आह्वान गरेको बन्दका दिन मोरङको सुन्दरहरैचा ७ बेलगाछीमा बिहान कुकर बम भेटिएको छ । 

पूर्व–पश्चिम राजमार्गको बेलगमाछी सडकखण्डमा भेटिएको कुकर बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । 

null

बम भेटिएपछि पूर्व पश्चिम लोकमार्ग केही समय अवरुद्ध भएको थियो भने आसपासको क्षेत्रमा त्रास फैलिएको छ । उक्त शंकास्पद वस्तु सेनाले डिस्पोज गरेपछि अवरुद्ध भएको सडक पनि खुलेको छ । 

बन्दलाई नै लक्षित गरि विप्लव समूहले बम राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *