पाकिस्तानी महिलाको दर्दनाक कथाः साथीहरुको अगाडी यस्तो सम्म गर्छन् पति
चैत २२, काठमाडौं । पाकिस्तानमा महिलामाथि अमानविय दुव्र्यवहार, अत्याचार हुँदै आएको छ । यसको पछिल्लो उदाहरण हुन् लाहौरका असमा र फैसल ।
असमाले सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै आफ्नो पीडा सुनाएकी छिन् । सार्वजनिक भिडियोमा उनले आफ्नो पतिले गरेको दुव्र्यवहारबारे रुँदै खुलासा गरेकी छिन् ।
null
उनले भनेकी छिन्, ‘मेरो पति मियाँ फैसलले साथीहरुको अगाडी नाच्न नमान्दा मेरो कपाल मुण्डन गरिदियो र मलाई निर्वस्त्र बनाएर लोहेको रडले पिट्यो । अर्को दिन म त्यहाँबाट भागेर प्रहरीको सम्पर्कमा गएँ । त्यहाँ पनि प्रहरीले रिपोर्ट लेख्नको लागि पैसा मागे । मसँग पैसा पनि थिएन । मेरा माता पिता पनि छैनन् । मसँग खाना पनि छैन । मलाई सहयाेग गरिदिनुस् ।’
जब आसमाको भिडियो भाइरल बन्यो, तब प्रहरी आफ्नो दायरामा आयो र उनको पति र साथीहरुलाई पक्राउ गर्यो । प्रहरीले फैसलको घरबाट ट्रीमर्स पनि बरामद गरेको छ, जसबाट आसमाको कपाल निकालिएको थियो ।
यस्तै पाकिस्तानका मानवअधिकार मन्त्री शिरीन माजरीले घटनामा संलग्न सबैलाई कारवाही गर्न आदेश दिएका छन् ।
जिओ टीभीका अनुसार असमा र फैसलको विवाह चार वर्ष पहिले भएको थियो । उनीहरुको ३ बच्चा छन् । आसमाको आमा–बुवाको निधन भइसकेको छ । असमाको मेडिकल चेकजाँच पनि गरिएको छ । जसबाट उनीमाथि मारपिट गरिएको पुष्टि भएको छ ।