चिर्पट प्रहार गरी हत्या गर्ने युवक पक्राउ

 

चैत्र २८, सिरहा ।   सिरहाको गोलबजार नगरपालिका ११ बल्कवाका एक युवकलाई छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ । २० वर्षीय गोविन्द सदाको छिमेकी रामअवतार सदासँग सामान्य विवाद हुँदा उनले टाउकोमा चिर्पट प्रहार गरी ५० वर्षिय रामअवतार को हत्या गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए अनुसार गम्भिर चोटलागी घाईते भएका रामअवतारको विराटनगरमा रहेको नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । घटना अनुसन्धान गर्ने क्रममा हत्यामा गोविन्द संलग्न देखिएपछी उनलाई पक्राउ गरी अनुसन्धान अघी बढाईएको थियो । 

null

उपरीक्षक खरेलले बताए अनुसार आरोपी सदालाई (संहिता) ऐन, २०७४ को परिच्छेद–१२ को ज्यानसम्बन्धी कसुर अन्तर्गत मुद्दा चलाउने तयारी भईरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *