मालपोत कार्यालयका नायव सुब्बा पक्राउ

२०७५ चैत २६ गते

चैत्र २५, काठमाडौँ । सप्तहरी राजविराजमा घुस लिई रहेको अवस्थामा भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा पक्राउ परेका छन् । पक्राउ परेका नायव सुब्बा बासुदेव मण्डल रू. ४० हजार घुस सहित रंगेहात पक्राउ परेका हुन् ।
उनले सेवाग्राहीसँग मोही जग्गाको बाँडफाँट गरी लगत कट्टा गर्ने प्रयोजनको सम्बन्धमा घुस लिई रहेको अवस्थामा पक्राउ परेका थिए । उनलाइ इटहरीबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । अख्तियारले उनी माथी थप अनुसन्धान भईरहेको जानकारी दिएका छन् ।
null
।

२०७५ चैत २६ गते
प्रतिक्रिया
सम्बन्धित